कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत « Khabarhub

कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा दुई महामन्त्रीसहित ५ नेताले फरक मत राखेका छन् ।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको नयाँ कार्यतालिकासहितको प्रस्ताव पारित गर्दा पाँच नेताको फरक मत आएको हो ।

चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले राखेको प्रस्ताव पास भएको सन्दर्भमा महामन्त्री गगनकुमार थापाले आफूसहित पाँच नेताले फरक मत राखेको बताए ।

थापाका अनुसार अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि उक्त निर्णयमा फरक मत राखेका छन् । कार्यवाहक खड्काले पेश गरेको दुवै प्रस्ताव पास भए पनि यसले कांग्रेसमा नयाँ विवाद जन्माएको छ ।

‘कांग्रेस कार्यवाहक सभापतिले महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नुभयो। विधानको धारा ४३ अनुसार उक्त प्रस्ताव गर्नु भयो। पार्टीको कार्यअवधि ४ वर्ष हुने भनेर विधानको उक्त धारामा भनिएको छ । त्यसकै आधारमा बढीमा १ वर्ष थप्न सकिने भनिएको छ’, थापाले भने, ‘तर हामी ५ जनाको फरक मत थियो । केन्द्रीय कार्यसमितिले बहुमतबाट निर्णय गरे पनि हामीले फरक मत प्रकट गरेका छौँ ।’

उनले कांग्रेस पार्टी विधानको धारा १७ (२) ले केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले महाधिवेशन बोलाएको तीन महिनामा विशेष बोलाउन सक्नेछ भनेर गरेको व्याख्या उद्धृत गर्दै फरक मत राखेको बताएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : ३१ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका