कास्कीमा निर्वाचन केन्द्रित गतिविधि अनुशासित बनाइने « Khabarhub

कास्कीमा निर्वाचन केन्द्रित गतिविधि अनुशासित बनाइने


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीमा क्रियाशील राजनीतिक दलहरूबीच आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने सम्बन्धमा आज सर्वपक्षीय छलफल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न दलहरूसँगको समन्वय बैठकमा निर्वाचनमा सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाइ भयरहित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउन आआफ्नो क्षेत्रबाट सहयोग, समन्वय तथा सहजीकरण गर्ने विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

राजनीतिक दलबाट हुने जनप्रदर्शन, आमसभालगायत कार्यक्रम आयोजना हुने स्थानसँग सम्बन्धित स्थानीय तहबाट अनुमति लिई गृह मन्त्रालयबाट प्राप्त परिपत्रबमोजिमको फारम भरी सुरक्षा व्यवस्थापनका लागि अग्रिम रूपमा जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी गराउने निर्णय गरिएको छ ।

राजनीतिक दलहरूले जनप्रदर्शन, आमसभालगायत कार्यक्रम गर्दा आपसमा समन्वय गरी कार्यक्रम स्थल नजुध्नेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

निजी क्षेत्रका व्यापारिक संस्थाहरू समेतबाट समयसमयमा ध्यानाकर्षण गराइरहेको साथै यातायात व्यवस्थापनसमेतलाई मध्यनजर गर्दै व्यापार व्यवसायलाई प्रतिकूल प्रभाव पार्न सक्नेगरी चिप्लेढुङ्गा, महेन्द्रपुललगायत मुख्य व्यापारिकस्थल तथा बजारक्षेत्रका चोक र सडक अवरुद्ध हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने भनिएको छ ।

जिल्लाभित्र आयोजना गरिने सभा समारोह, प्रदर्शन, मेला, जात्रा, महोत्सव, कन्सर्ट, सांस्कृतिक कार्यक्रम र खेलकुदलगायत अन्य कार्यक्रम स्थानीय तहको कार्यक्रम सञ्चालन अनुमति (स्वीकृति) लिएर मात्र गर्ने पूर्ववत् व्यवस्थालाई निरन्तरता दिई सुरक्षा प्रबन्ध मिलाउने भनिएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : ३८ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन