सुमनसिंको झुप्रोमा मुख्यमन्त्रीको नजर : व्यक्तिगत खर्चमा दशैँअघि नै घर बनाइदिने « Khabarhub

सुमनसिंको झुप्रोमा मुख्यमन्त्रीको नजर : व्यक्तिगत खर्चमा दशैँअघि नै घर बनाइदिने


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– गत भदौ ३ गते राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं प्रजा घरमा श्रीमती सुत्केरी रहेको र खानेकुरा केही पनि नभएको भन्दै गाउँपालिका कार्यालय पुगेका थिए । 

सुत्केरीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि गाउँपालिकाले तत्काल राहतको लागि दाल, चामल, तेल, नुन, कम्बल, त्रिपाललगायतका सामाग्री हस्तान्तरण गर्‍यो । 

सुमनसिंको परिवारलाई बस्ने बास र खानेकुराकै अभाव रहेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आए । विभिन्न सामाजिक सञ्जालमा उनको झुप्रोको फोटोसहित पोष्ट भए ।

यो कुरा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई समेत जानकारी भएपछि सुमनसिंले अब नयाँ घर पाउने भएका छन् । 

साउन २० गते मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका सोही क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए । 

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र नेपाली काँग्रेस राक्सिराङ सभापति वीरेन्द्र जिम्बालगायतको सिफारिसमा सुमनसिंको घर बनाउन मुख्यमन्त्री बानियाँले व्यक्तिगत खर्च गरिदिने भएका हुन् । 

बुधबार सिफारिससहित मुख्यमन्त्री कार्यालय पुगेका गाउँपालिका अध्यक्ष मल्ल, पार्टी सभापति जिम्बालगायतलाई मुख्यमन्त्री बानियाँले दसैँअघि नै घर तयार गर्नेगरी काम सुरु गर्न भनेका छन् । 

२ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम निर्माण यथाशीघ्र गरिने र दशैँअघि नै हस्तान्तरण गरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । उक्त घर बनाउन खर्च हुने रकम मुख्यमन्त्री बानियाँले बेहोर्नेछन् । 

मुख्यमन्त्री बानियाँले केहीदिनअघि मनहरी गाउँपालिका –९ कि विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माणका लागि सहयोग गरेका छन् । उनको घर बनाउन बानियाँले पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : ५२ बजे

कांग्रेस महाधिवेशन अब वैशाख २८-३१ मा गर्न प्रस्ताव, कार्यसमितिको अवधि जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म

विकास दीर्घकालीन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीर्घकालसम्म हुनेगरी सडक पूर्वाधार

नेपाली काँग्रेस कार्यसम्पादन समिति बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली काँग्रेस पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन

औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको