वर्षमानको दाबी- माओवादीले अघि सारेको नीतिले देश ऊर्जामा आत्मनिर्भर बनेको हो « Khabarhub

वर्षमानको दाबी- माओवादीले अघि सारेको नीतिले देश ऊर्जामा आत्मनिर्भर बनेको हो


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरूको सरकारले लिएको नीतिका कारण मुलुक जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा पुनले नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाउने काम आफूहरूले गरेको बताए । 

नीतिगत निरन्तरताका कारण जलविद्युत क्षेत्रमा उल्लेख्य प्रगति भएको उनको भनाइ थियो । प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले २० वर्षअघि लिएको नीतिगत निरन्तरता ऊर्जा क्षेत्रमा अझै रहेको बताए । सोही नीतिका कारण जलविद्युत उत्पादन बढेको र मुलुक लोडसेडिङ मुक्त भएको पुनले उल्लेख गरे । 

 ‘नेपालमा नीतिगत निरन्तरता छैन भन्ने गरिन्छ । तर ऊर्जा क्षेत्र खासगरी जलविद्युत क्षेत्रमा, नवीकरणीय ऊर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ । झन्डै दुई दशकदेखि एउटै नीति छ । जसको परिणाम आज हामी कुनै बेला १८ घण्टासम्म लोडसेडिङ हुने देशमा थियौँ, त्यो अन्त्य भयो ।’

नीतिगत निरन्तरताले गर्दा नै  विद्युत् छिमेकमा निर्यात गर्ने वातावरण बनेको उनले औँल्याए । 

पुनले नदी प्रवाह (आरओआर)  मा आधारित आयोजनाले मात्र भविष्यमा माग धान्न नसक्ने भएकाले जलाशययुक्त आयोजनामा जोड दिइनुपर्ने बताए । हिउँदमा माग धान्न नसक्ने अवस्थाको अन्त्य गर्न पनि जलाशययुक्त आयोजनामा जानैपर्नेमा उनले जोड दिए । 

विद्युत् निर्यातका लागि भारत र बंगलादेशजस्ता क्षेत्रीय बजारका ढोका खुलिसकेकाले उत्पादित विद्युत् बिक्रीका लागि बजारको अभाव नहुनेमा निजी क्षेत्रका विद्युत् उत्पादकहरूलाई आश्वस्त तुल्याए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : ५७ बजे

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको