वर्षमानको दाबी- माओवादीले अघि सारेको नीतिले देश ऊर्जामा आत्मनिर्भर बनेको हो « Khabarhub

वर्षमानको दाबी- माओवादीले अघि सारेको नीतिले देश ऊर्जामा आत्मनिर्भर बनेको हो


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरूको सरकारले लिएको नीतिका कारण मुलुक जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा पुनले नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाउने काम आफूहरूले गरेको बताए । 

नीतिगत निरन्तरताका कारण जलविद्युत क्षेत्रमा उल्लेख्य प्रगति भएको उनको भनाइ थियो । प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले २० वर्षअघि लिएको नीतिगत निरन्तरता ऊर्जा क्षेत्रमा अझै रहेको बताए । सोही नीतिका कारण जलविद्युत उत्पादन बढेको र मुलुक लोडसेडिङ मुक्त भएको पुनले उल्लेख गरे । 

 ‘नेपालमा नीतिगत निरन्तरता छैन भन्ने गरिन्छ । तर ऊर्जा क्षेत्र खासगरी जलविद्युत क्षेत्रमा, नवीकरणीय ऊर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ । झन्डै दुई दशकदेखि एउटै नीति छ । जसको परिणाम आज हामी कुनै बेला १८ घण्टासम्म लोडसेडिङ हुने देशमा थियौँ, त्यो अन्त्य भयो ।’

नीतिगत निरन्तरताले गर्दा नै  विद्युत् छिमेकमा निर्यात गर्ने वातावरण बनेको उनले औँल्याए । 

पुनले नदी प्रवाह (आरओआर)  मा आधारित आयोजनाले मात्र भविष्यमा माग धान्न नसक्ने भएकाले जलाशययुक्त आयोजनामा जोड दिइनुपर्ने बताए । हिउँदमा माग धान्न नसक्ने अवस्थाको अन्त्य गर्न पनि जलाशययुक्त आयोजनामा जानैपर्नेमा उनले जोड दिए । 

विद्युत् निर्यातका लागि भारत र बंगलादेशजस्ता क्षेत्रीय बजारका ढोका खुलिसकेकाले उत्पादित विद्युत् बिक्रीका लागि बजारको अभाव नहुनेमा निजी क्षेत्रका विद्युत् उत्पादकहरूलाई आश्वस्त तुल्याए ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ४ : ५७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म