‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु « Khabarhub

‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य आरोपी लक्ष्मण पासवानको पनि मृत्यु भएको छ।

बुधबार बिहान रौतहटबाट प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि काठमाडौँ पठाइएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा ज्यान गएको हो ।

बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि लक्ष्मणको एउटा भिडियो भाइरल भएको थियो । उक्त भिडियो रुबीकुमारीको ज्यान लिनुअघि लक्ष्मणले कुनै एकान्त स्थानमा गएर सुट गरेका थिए ।

हिन्दी भाषामा बोलिएको ९ मिनेट ३६ सेकेन्डको भिडियोमा उनले रुबीको हत्यापछि मर्नका लागि आफैँलाई आगो लगाउन लागेको बताएका थिए ।

तर रुबीका प्रेमीका रुपमा आफूलाई चिनाएका लक्ष्मणको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा बुधबार साँझ सवा ६ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ६ : ५७ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम