बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता « Khabarhub

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको हो ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार भारतसँग जोडिएका दोधारा–चाँदनी, पुनर्वास, बेलौरी, बेलडाँडी र भीमदत्त नगरपालिकाका– ९ र १० मा विशेष सतर्कता अपनाइएको छ । 

‘पक्षी तथा पक्षीजन्य पदार्थ सीमापार व्यापार गर्न नपाइने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यदि अवैध रूपमा ल्याइएमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार कानुनी कारबाही हुन्छ ।’

बर्डफ्लू नियन्त्रण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले सीमावर्ती नाका हुँदै पक्षी तथा पक्षीजन्य सामग्री आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । साथै, किसान, व्यापारी, आपूर्तिकर्ता, जनप्रतिनिधि र स्थानीय तहलाई सचेतना कार्यक्रममार्फत जानकारी गराउने तयारी गरिएको छ ।

भट्टका अनुसार, रोकथामका लागि भेटेरीनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाइन कार्यालय र सुरक्षा निकायका टोलीले आकस्मिक अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । 

बर्डफ्लू सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् । गम्भीर अवस्थामा निमोनिया, स्वासप्रश्वासको समस्याले बिरामीको मृत्युसमेत हुनसक्छ ।  
 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : २४ बजे

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।