इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा « Khabarhub

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको घटनाको निन्दा गर्दै यसलाई देशको सार्वभौमिकताको ‘स्पष्ट उल्लङ्घन’ भनेको छ ।

गत डिसेम्बरमा लामो समयदेखि सत्तामा रहेका बशर अल असदलाई सत्ताच्यूत गरेपछि इजरायलले सिरियामा सयौं आक्रमण गरिसकेको छ । इजरायले दमास्कसका अन्तरिम अधिकारीहरूसँग पनि वार्ता सुरु गरेको छ।

सिरियाली विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई ‘अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्रको घोर उल्लङ्घन’ भनेको छ । उक्त आक्रमणले सिरियाली गणतन्त्रको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको स्पष्ट उल्लङ्घन गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारी टेलिभिजनका अनुसार दमास्कसबाहिर किस्वेह नजिकै इजरायली ड्रोनले गरेको आक्रमणमा परी छ जना सैनिकको मृत्यु भएको हो । रक्षा मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई इजरायली ड्रोनले ‘४४ औँ डिभिजनको एउटा सैन्य भवनलाई लक्षित गरेको’ बताएका छन् ।

इजरायली सेनाले एएफपीको अनुरोधमा कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि मङ्गलबार सरकारी समाचार संस्था सानाले गोलान हाइट्समा सिरियाको नियन्त्रणमा रहेको युद्धविराम रेखाको पूर्वमा रहेको तरन्जा गाउँको एक घरमा इजरायली आक्रमणमा एक युवकको मृत्यु भएको जनाएको थियो ।

असदलाई सत्ताच्युत गरेयता इजरायलले संयुक्त राष्ट्रसङ्घको गस्तीमा रहेको असैन्यीकृत क्षेत्रको अधिकांश भाग सिरियानियन्त्रित युद्धविराम रेखामा कब्जा जमाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ८ : ३३ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका