रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ « Khabarhub

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको हो ।

उनलाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीे जानकारी दिए । ती महिलाले पाँडेमाथि अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। हाल उनलाई भोटाहिटीस्थित ब्युरोमै हिरासतमा राखिएको छ।

“अनलाइनमार्फत दुर्व्यवहार सम्बन्धी उजुरी आएको छ। सोधपुछका लागि उहाँलाई नियन्त्रणमा राखिएको हो। आज अदालत लैजान समय भएन, भोलि लैजाने र म्याद थप गर्ने प्रक्रिया अघि बढाउँछौं ,” अवस्थीले जानकारी दिए।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ९ : २५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म