आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न सकस « Khabarhub

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न सकस


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– विकट गाउँका विद्यार्थीलाई उच्च शिक्ष प्रदान गर्नका लागि स्थापना भएको निसीभूजी जनता क्याम्पस आर्थिक अभावमा गुज्रिदै आएको छ ।

सरकारी निकायबाट पार्यप्त बजेट नपर्दा क्याम्पस सञ्चालनमा समस्या भएको हो । समुदायबाट चन्दा सङ्कलन गरेर सञ्चालन हुँदै आएको क्याम्पसमा विद्यार्थीसमेत घट्दै गएका छन् । ढोरपाटन नगरपालिका–१ खप्तरीबाङ विसं २०४८ मा स्थापना भएको क्याम्पसमा ग्रामीण क्षेत्रका विद्यार्थी मात्रै अध्ययन गर्दै आएका छन् ।

पश्चिम बागलुङको एकमात्रै क्यापसका रुपमा रहेको यस क्याम्पस आर्थिक अभावका कारण क्याम्पस सञ्चालनमा समस्या पर्दै आएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए ।

क्याम्पसको आन्तरिक स्रोत निकै कम र सरकारी निकायबाट सहयोग नमिल्दा सञ्चालनमा समस्या भएको उनको भनाइ छ । क्याम्पस सञ्चालनका लागि मासिक चार लाख ५० हजार खर्च हुने भन्दै आम्दानी निकै न्यून रहेको क्याम्पस प्रमुख आचार्यले बताए ।

क्याम्पसको आम्दानी विद्यार्थीबाट उठाउने शुल्क मात्रै हो । ढोरपाटन नगरपालिकाले नौ लाख ६० हजार अनुदान दिए पनि अन्य निकायबाट सहयोग नपाएको उनको गुनासो छ । अहिले क्याम्पसमा शिक्षा, समाजशास्त्र र व्यवस्थापन १२० जना विद्यार्थी रहेको भन्दै उनीबाट उठाउने शुल्कबाहेक आम्दानीको कुनै स्रोत नभएको उनको भनाइ छ । हाल आंशिक २२ र पूर्णकालीन दुई जना गरी २४ प्राध्यापक कार्यरत रहेको सुनाउँदै तलब खुनाउन निकै समस्या हुने गरेको क्याम्पस प्रमुख आचार्यले बताए ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष शान्तराज शर्मा न्यौपानेले पश्चिम बागलुङका निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाले बर्सेनि सहयोग गरे व्यवस्थित रुपमा सञ्चालन गर्न सकिने बताए ।

चार वटै पालिकाको केन्द्रमा पर्ने यो क्याम्पसलाई ढोरपाटन नगरपालिकाबाहेक अन्य पालिकाले चासो नदिएको उनको गुनसो छ । बजेट अवभामा राम्रो शिक्षक राख्न नसकेको भन्दै केन्द्र र प्रदेश सरकारलाई पनि सहयोगका लागि अपिल गर्दै आएको अध्यक्ष न्यौपानेले बताए ।

जिल्ला अन्य क्याम्पस विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुग्दा निसीभूजी जनता क्याम्पसमा भने विद्यार्थीको कमी छैन । क्याम्पसको आर्थिक स्रोत केही नहुँदा विद्यार्थीले महँगो शुल्क तिर्नुपर्ने अवस्था छ । (रासस)

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : ३३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा