आज २०८२ साल असोज ११ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज ११ गते शनिबारको राशिफल


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज ११ गते शनिबार। आश्विन शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २७ तारिख । नवरात्रको छैठौं दिन । कात्यायनी पूजा । विश्व पर्यटन दिवस, पचली भैरव यात्रा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना छ । स्वास्थ्य र शिक्षामा केही सुधारका संकेत देखिनेछन् । पारिवारभित्र किचलो हुनेछ । सामाजिक क्षेत्रमा अघि नबढ्नु राम्रो हुनेछ ।

वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्य, शिक्षामा गरेको प्रयास सफल हुनेछ । सामाजिक र पारिवारिक क्षेत्रमा साथ सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सामान्य छ । बोलीका कारण अप्ठेरोमा पर्नसक्ने दिन छ । स्वास्थ्य र शिक्षामा ठूलो लगानी नगर्नु राम्रो हुनेछ । राजनीतिक सामाजिक क्षेत्रमा चर्चा हुनेछ । परिवारका सदस्यको सल्लाह लिएर मात्र काम गर्नु फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा अघि बढ्नुहोला । परिवारलाई विश्वास गर्दा धोका हुने जोखिम छ ।

सिंह : दिन सामान्य छ । मनमा चञ्चलता बढ्नेछ । लामोदुरीको यात्रा तय हुनेछ । आज कात्यायानी देवी पूजा अर्चना गरेर यात्रा गर्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ ।

कन्या : दिन राम्रो छ । दाजुभाइसँगको सहकार्यले फाइदा मिल्नेछ । शिक्षामा ढिलासुस्ती भएपनि स्वास्थ्यमा फाइदा हुनेछ । खर्च कटौती गरेर अघि बढ्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ । कम बोल्नु उचित हुनेछ । आम्दानीका सोत प्रशस्तै भेटिनेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । श्रमको सम्मान प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । आफ्नै राशीमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ । लाभ हुने भएकाले व्यापार व्यवसायमा लगानी गर्नुहोला । प्रशंसा गर्नेहरु बढ्नेछ । समाजमा तपाईंको मान बढ्नेछ ।

धनु : दिन सामान्य छ । राजनीतिक, सामाजिक क्षेत्रमा अघि नबढ्नु राम्रो हुनेछ । परिवारमा शंका बढ्नेछ । आज स्वास्थ्यमा भने केही सुधारका संकेत देखिनेछन् ।

मकर : दिन राम्रो छ । लामो समयदेखि अड्किएर बसेका काम आज बन्नेछन् । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढुवा हुन सक्छ ।

कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रा हुनेछ । राजनीतिक र सामाजिक क्षेत्रमा भने अवसर प्राप्त हुनेछ । पारिवारिक कारणले मनमा असन्तुष्टि बढ्नेछ ।

मीन : दिन राम्रो छ । व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा रुची बढ्नेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : १० बजे

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै