एसिया कप : सुपर ओभरमा श्रीलंकाविरुद्ध भारतको जित, पथुमको शतक « Khabarhub

एसिया कप : सुपर ओभरमा श्रीलंकाविरुद्ध भारतको जित, पथुमको शतक


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेल सुपर ओभरमा गएको छ । एक खेल अगाडि नै फाइनल पुगेको भारत र सुपर फोरबाट बाहिरिएको श्रीलंकाबीचको खेल सुपर ओभरमा गएको हो ।

श्रीलंकासँगको खेल सुपर ओभरमा भारतले जितेको छ । पहिलो ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा २०२ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले अर्धशतक बनाए । ३१ बल खेलेका उनले आठ चौका र दुई छक्काको मद्दतमा ६१ रन बनाएका हुन् । उसका लागि तिलक वर्माले नटआउट ४९ रन बनाए ।

जवाफी ब्याटिङ गरेको श्रीलंकालेसमेत समान पाँच विकेटको क्षतिमा २०२ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो । श्रीलंकाका लागि ओपनर पथुम निस्सान्काले शतक प्रहार गर्दा कुसल परेराले अर्धशतक बनाए । पथुमले ५८ बलको सामना गर्दा ६ छक्का र सात चौकाको मद्दतमा १०७ रन बनाउँदा परेराले ३२ बलमा ५८ रन जोडे । जवाफी ब्याटिङमा समान २०२ रन बनाए पनि श्रीलंका सुपर ओभरमा चुकेको हो ।

सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दुई विकेट गुमाउँदै दुई रन मात्र बनाउन सक्यो । मात्र तीन रनको लक्ष्य पाएको भारतका लागि सुपर ओभरको पहिलो बलमै कप्तान सूर्यकुमार यादवले ३ रन जोडेपछि जित निकालेको हो ।
एसिया कपको फाइनल आइतबार हुँदैछ । फाइनलमा भारत र पाकिस्तान भिड्नेछन् ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : ५३ बजे

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई