काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान « Khabarhub

विपदको एक वर्ष

काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रे– २०८१ साल असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ ।

जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो ।

दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा भएको करिब चार करोड भने अधिकांश स्थानीय तहले माग नगर्दा थन्किएको अवस्थामा रहेको छ । दुई तहले मात्रै दोस्रो किस्ताको रकम कार्यालयसँग माग गरी पीडितलाई वितरण गरेको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार हालसम्म बेथानचोक र रोशी गाउँपालिकाले दोस्रो किस्तावापतको रकम लगेका हुन् ।

सरकारले पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी प्रतिघरपरिवार अस्थायी आवास निर्माणार्थ ५० हजार उपलब्ध गराउने गरी कार्यविधि तयार गरेको थियो ।

कार्यालयका अनुसार दोस्रो किस्ताको रकम बेथान्चोकले १९६ र रोशी गाउँपालिकाले ४६१ र घरपरिवारलाई एक करोड ६४ लाख २५ हजार उपलब्ध गराइएको हो ।

पहिलो किस्ताबापतको अनुदान पाउनेमा धुलिखेल नगरमा ९०, बनेपामा ४१, पनौतीमा ६३४, पाँचखालमा, ८८, मण्डनदेउपुरमा १३३, नमोबुद्धमा ८८४ परिवार रहेका छन् । यस्तै चौँरीदेउराली गाउँपालिकामा २८०, खानीखोलामा ५३, रोशीमा ५४८, भुम्लुमा ४०, तेमालका १४१, बेथानचोकमा २३९ र र खानीखोलामा ५३ पीडित परिवार रहेका छन् ।

यसैबीच २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन (डीडीए) भइरहेको छ । क्षति आँकलन सुरु गरिएको करिब ६ महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डीडीए सकिएको जनाइएको छ । घटनाको एक वर्ष बितिसक्दा पनि विविध कारण क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र अवस्थामा रहेको हो । तर, हालसम्म पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्ण विवरण प्राप्त नहुँदा सरकारले निजी आवास पुनर्निर्माण कार्य अलपत्र अघि बढाउन नसकेको जनाइएको छ ।

गत चैत अन्तिम साता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति व्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आँकलन सुरु गरिएको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका– २ नारायणटारबाट यसको सुरुवात गरेका थिए ।

स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आँकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । निजी आवासको विस्तृत क्षति आँकलनको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेषरुपमा ध्यानाकर्षण गराइएको छ ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये बढी जनधनको क्षति पुगेको नमोबुद्ध नगर, पनौती नगर, बेथानचोक गाउँपालिका, तेमाल, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतका प्रभावित स्थानीय तहको भने विस्तृत क्षति आकलनको पूर्ण तथ्याङ्क आउन नसकेको हो ।

उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत गरिएको छ भने एक सयको हाराहारीमा घाइते भएका थिए । 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ९ : ५४ बजे

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत