ड्रोनबाट यस्तो देखियो सत्तीघाट पुल (तस्बिरहरू) « Khabarhub

ड्रोनबाट यस्तो देखियो सत्तीघाट पुल (तस्बिरहरू)


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने गर्दछ ।

हुलाकी राजमार्गमा पर्ने यो पुलको लम्बाइ ५ सय ३१ मिटर रहेको छ । सत्तीघाट पुलमा १४ पिलर छन् ।

झण्डै एक दशकअघि ४६ करोड रुपैयाँमा पुल निर्माण भएपछि कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौँ नागरिकको आवागमनमा सहजता आएको छ । तर पछिल्ला केही वर्षयता नदीले पूर्वी क्षेत्रमा तीब्र कटान गर्न थालेपछि पुल जोखिममा परेको छ । कटान कम गर्न ठूला ढुंगाबाट तटबन्ध गरिए पनि जोखिम हट्न सकेको छैन ।

स्थानीयका अनुसार पुल निर्माण भएको एक वर्षपछि नै तारजाली भासिन सुरु भएको थियो । पुल निर्माणका क्रममा बनाएको डाइभर्सनसँगै नदीले धार परिवर्तन गर्न थालेको जानकारहरू बताउँछन् ।

स्थानीले पुलको संरक्षणका लागि उत्तरतर्फ नदीको बीचमा रहेका बालुवाका साना टापु सफा गर्नु पर्ने बताउँदै आएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ११ : ५० बजे

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित