खोकना बासीले मनाए सिकाली जात्रा (तस्बिरहरू) « Khabarhub

खोकना बासीले मनाए सिकाली जात्रा (तस्बिरहरू)


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यका लगायत देशैभर वडादशै मनाइरहेको अवस्थामा ललितपुरस्थित खोकनामा भने सिकाली जात्रा मनाइएको छ ।

खोकनाका नेवार समुदायले वडादशैको अवसरमा नत जमरा राख्छन् नत विजया दशमीको टिका प्रसाद नै, यहाँका बासिन्दा सिकालीलाई मुख्य पर्वका रूपमा मनाउने गर्छन् ।

 स्वस्थानी कथामा आधारित नाचमा महालक्ष्मीले महिषासुरलाई वध गरेको खुसियालीमा खोकनाका नेवार समुदायले मनाउने सिकाली जात्रामा ४६ देवगणसहित सिकाली चौरमा हुने अश्वमेध यज्ञ र ४६ देवगण, वीरभद्र र महाकाली, भैरव र देवताको खट गाउँ परिक्रमा गराउँदै मनाउँने गर्दछन । र यो क्रम घटस्थापनाबाट सुरु भई फूलपातीसम्म जारी रहन्छ ।

त्यस्तै यसक्रममा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने भन्दै निरन्तर बाजा बजाइन्छ, पञ्चमीको दिनमा आ–आफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी प्रत्येक गुठीमा ‘ घ्याम्पो द्य अर्थात् नवदुर्गाको सहित देवीदेवताको पूजार्चनाका साथै परम्परागत नाच र जात्रा गर्ने गरिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १२ : ०७ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य