‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो « Khabarhub

‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायोको ७९ औँ स्थापना दिवसको अवसरमा ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तकको शुक्रबार यहाँ लोकार्पण गरियो । 

प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित उक्त पुस्तकमा परोपकार संस्थाका संस्थापक दयावीरसिंहले २००१ सालतिर हैजाको महामारी फैलिँदा गरेको  मानवीय सेवा, रक्तदान अभियानको सञ्चालन, हाइस्कुल, अनाथालय तथा प्रसूतिगृहको स्थापना, दान विभाग तथा औषधालयको सञ्चालनजस्ता जीवनका महत्वपूर्ण घटनाक्रमहरू समेटिएका छन् । 

स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले पुस्तकका लेखक प्रा पराजुली र प्रकाशनमा सहयोग गर्ने गोपालकृष्ण मानन्धरलाई सम्मानपत्र प्रदान गरे। 

पूर्व न्यायाधीश लालले २०३० सालमा शिक्षकका रुपमा परोपकार आदर्श हाइस्कूलमा सेवा सुरु गरेका स्मरण गरे र भने, ‘पछि कानुन विषय अध्ययन गरी न्याय सेवामा लागेँ । अनाथालयको सुपरीवेक्षक रहँदा दयावीरसिंहबाट थुप्रै कुरा सिक्न पाएँ । उहाँ प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो ।’ 
    
परोपकार संस्थाका अध्यक्ष हितकरवीर कंसाकारले परोपकार र दयावीरसिंह पर्यायवाची भएको बताउँदै भ्रष्टाचारविरुद्ध अभियान थाल्ने वर्तमान सरकारबाट संस्थाको हिसाबकिताबको निष्पक्ष छानबिन भइदिए खुसी हुनेछु भने । 

बाल विकास समाजका सल्लाहकार शरद शर्माले विख्यात समाजसेवी दयावीरसिंहको नाउँमा एक बृहत् पुरस्कार स्थापना गर्नुपर्ने खाँचो औँल्याए । 
    
संस्थाका कोषाध्यक्ष उत्तमलाल जोशीका अनुसार परोपकार संस्थाले आर्थिक वर्ष २०८१-८२ मा रु दुई करोड ५० लाख आम्दानी र रु दुई करोड छ लाख खर्च गरेको छ । 

संस्थाले दान विभाग सञ्चालन, दुर्गम जिल्लाहरूमा औषधि वितरण, प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा सहयोग, एम्बुलेन्स, अनाथालय तथा चिकित्सालय सञ्चालन गर्दै आइरहेको छ । 
 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १२ : ५२ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश