गोला-मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको संकट « Khabarhub

गोला-मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको संकट


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सिरहा– कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको । तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धारामा ढलान गरी बनाइएको आकर्षक डिजाइन)। गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

‘पहिले एउटै धारामा पालो कुर्दै नुहाउनुपथ्र्यो’, स्थानीय सुनमाया विक सम्झिनुहुन्छ, ‘अब आआफ्नो घरमै धारा छ, न त हतार छ, न अप्ठ्यारो ।’ एक घैँटो पानीका लागि घण्टौँ पालो कुर्नुपरेको क्षण उनलाई अझै ताजै लाग्छन् । जनजाति र दलित समुदायको बाहुल्यता रहेको यो बस्तीमा खानेपानीको संकट नयाँ थिएन ।

बस्तीका अर्का स्थानीय सञ्जु श्रेष्ठले भने, ‘कुवा सुक्न थालेपछि त हाहाकार नै भएको थियो, अहिले भने त्यो दिन सम्झना सरह मात्रै भयो ।’

स्थानीय खोला छेउको पुरानो कुवा बाढीले बगाएपछि गाउँमा पानीको स्रोत लगभग समाप्त भएको थियो । जिल्ला खानेपानी कार्यालयले १० घर बराबरको एक धारा बनाएको व्यवस्था इन्धन अभावका कारण जेनेरेटर चल्न नसक्दा बन्द हुन पुग्यो । गाउँमा बिजुली नपुग्दासम्म जेनेरेटरमै आयोजना निर्भर थियो । 

यी नै यावत समस्याको समाधान स्वरूप गोलबजार नगरपालिका, वेल्थ हङ्गर हिल्फे र सबल नेपालको साझेदारीमा अघि बढ्यो गोला मुक्सर खानेपानी परियोजना । यस परियोजनाको खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम गगन थापामगरले भने, ‘पाँच दशकपछि यो बस्तीमा पुनःसुरक्षित र भरपर्दो खानेपानीको व्यवस्था हुनुले हामी सबैको जीवन सहज भएको छ ।’

गत पुसदेखि गाउँलेका लागि खानेपानी वितरण सुरु गरेको उनले जानकारी दिए । यस खानेपानी आयोजनाको आवश्यकता सम्बन्धमा स्पष्ट पार्दै सबल नेपालका पालिका संयोजक देवेशकुमार चौधरीले भने, ‘हामीले यो आयोजना गर्दा स्थानीयको आवश्यकता बुझ्यौँ, समुदायलाई समेट्यौँ, अनि ‘एक घर, एक धारा’ को लक्ष्यमा केन्द्रित भयौँ ।’

उहाँका अनुसार उक्त आयोजनाको कूल लागत रु ३७ लाख २६ हजार २६९ रहेको छ । परियोजनाबाट रु २५ लाख १० हजार २६९, नगरपालिकाबाट १२ लाख १६ हजार र स्थानीयको श्रमदानबाट आयोजना सम्पन्न भएको हो । नगरप्रमुख श्यामकुमार श्रेष्ठले पानीको संकट गहिरिँदो भएकाले त्यसलाई निराकरण गरी जनतालाई जसरी पनि पानी खुवाउने लक्ष्य नगरको रहेको र त्यसैको उदाहरण यो आयोजना रहेको बताए। 

परियोजनामा १०÷१० हजार लिटरका तीन ट्यांकी, कूल ३० हजार लिटरको भण्डारण क्षमता र घरघरमा धारा तथा चपुत्रा बनाइएका छन् । पानी वितरणपछि गाउँघरमा आउँदासमेत हिचकिचाउनुपर्ने अवस्थाबाट मुक्ति मिलेको स्थानीयको भनाइ छ । 

सस्तो, सरल र सामुदायिक सहभागितामा आधारित यो आयोजना अब विस्तारै अन्य टोलका लागि उदाहरण बन्ने आशा गरिएको सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठको भनाइ छ । उनले भने, ‘हामी यस्ता योजनालाई समुदायसँग सहकार्य गरेर दिगो विकासको उदाहरण बनाउन चाहन्छौँ ।’
 
 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै