कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा « Khabarhub

कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल ३८ रन बनाएर आउट भएका हुन् ।

यसअघि कुशल मल्ल२१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाएर आउट भएका थिए । नेपालले आजको खेलमा दुवै ओपनरलाई सस्तै गुमाएको थियो । कुशल भुर्तेल ६ र आसिफ शेख ३ रन बनाएर आउट भएका हुन् । अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुल्शन झा छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले रोहित पौडेलको कप्तानीमा घोषणा गरेको ११ सदस्यीय सुरुवाती टोलीमा स्पिनर सन्दीप लामिछाने परेका छैनन् । त्यस्तै लामो समयपछि टिममा फर्केका आदिल आलम पनि पहिलो खेलमा अटाएनन्।

वेष्ट इण्डिजविरुद्ध नेपालको सुरुवाती ११ः
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललित राजवंशी

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ९ : २५ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना