त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने « Khabarhub

त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा साँझ सवा ६ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

आफ्नो पहिलो खेलमा इरानसँग पराजित भएका नेपाल र भारत दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइँमात्र हुनेछ । अघिल्ला दुई खेलमा स्पष्ट ६ अङ्क जोडेको इरान च्याम्पियन बनिसकेको छ ।

पहिलो खेलमा नेपाल इरानसँग ३–० र भारत २–० गोलले पराजित भएका थिए । त्रिदेशीय मैत्रीपूर्ण खेल फिफा विन्डोमा आधारित छन् ।

फिफा वरीयतामा भारत ६३औँ स्थानमा छ भने इरान ७०औँ र नेपाल ८९औँ स्थानमा रहेका छन् । 

यो प्रतियोगितापछि नेपाल र भारतबीच कात्तिक १३ गते अर्को मैत्रीपूर्ण खेल पनि हुनेछ । 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : ३९ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा