त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने « Khabarhub

त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा साँझ सवा ६ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

आफ्नो पहिलो खेलमा इरानसँग पराजित भएका नेपाल र भारत दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइँमात्र हुनेछ । अघिल्ला दुई खेलमा स्पष्ट ६ अङ्क जोडेको इरान च्याम्पियन बनिसकेको छ ।

पहिलो खेलमा नेपाल इरानसँग ३–० र भारत २–० गोलले पराजित भएका थिए । त्रिदेशीय मैत्रीपूर्ण खेल फिफा विन्डोमा आधारित छन् ।

फिफा वरीयतामा भारत ६३औँ स्थानमा छ भने इरान ७०औँ र नेपाल ८९औँ स्थानमा रहेका छन् । 

यो प्रतियोगितापछि नेपाल र भारतबीच कात्तिक १३ गते अर्को मैत्रीपूर्ण खेल पनि हुनेछ । 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : ३९ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर