छठ घाटहरूको अवलोकन गर्न गृहमन्त्री अर्याल जनकपुरधाममा | Khabarhub Khabarhub

छठ घाटहरूको अवलोकन गर्न गृहमन्त्री अर्याल जनकपुरधाममा


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जनकपुर– आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर आइपुगेका छन् ।

दुई दिनका लागि यहाँ आएका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत हुन् ।

उनीहरूले जनकपुरधामको विभिन्न छठ घाटहरूको अवलोकन र पूजा आराधना गर्नुका साथै जिल्लाका सुरक्षा प्रमुखहरूसँग सुरक्षा अवस्थाबारे जानकारी लिनुहुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भोलि मंगलबार गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यमा जिल्ला सुरक्षा समितिको बैठक बस्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ६ : १८ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली