आजका समाचार : सरकारले जेन-जी र दलसँग संयुक्त वार्ता गर्ने, धुमधामसँग मनाइयो छठ र रुसी क्षेप्यास्त्र परीक्षण उचित नभएको ट्रम्पको टिप्पणी
सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने
सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने भएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार बुधबार अपरान्ह ४ बजेपछि वार्ताको समय तोकिएको छ।
खरेलका अनुसार विभिन्न समूहका जेन-जी प्रतिनिधि, विभिन्न राजनीतिक दल र सरकारका प्रतिनिधिहरू वार्तामा बस्ने छन्। यस्तै खरेलले निर्वाचनको वातावरण तयार गर्न सरकारले जे-नजी र दलहरूसँग वार्ता गर्ने लागेको बताएका छन् ।

‘सरकार निर्वाचनको वातावरण सिर्जना गर्न पूरापूर लागिरहेको छ। यसैलाई लिएर हामीले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग वार्ता गर्दैछौँ’, खरेलले खबरहबलाई भने, ‘हामी कुनै राजनीतिक दललाई निषेध गरेर निर्वाचनमा जाने मुडमा छैनौँ । जेन-जीको भावनाविपरीत निर्वाचनमा जान लागेका होइनौँ । सबैलाई समेटेर निर्वाचन कार्यक्रम अगाडि बढ्ने छन्।’
छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा
फागुन २१ मै निर्वाचन : के भन्छन् दलका नेताहरू ?
भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री बिजनेस क्लासबाट भारततिर
प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान
छठ घाटहरूको अवलोकन गर्न गृहमन्त्री अर्याल जनकपुरधाममा
कार्यवाहक सभापति खड्का भन्छन् : प्रतिनिधिसभा असंवैधानिक तरिकाले विघटन गरियो
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गरेका छन्।
नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको बताए ।

कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन संकल्पसहित अगाडि बढ्न उनले आग्रह गरे।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक रहेको पनि उनले बताए । कांग्रेस कार्यसम्पादन समितिले पनि यो कुरा निर्णय गरिसकेको उनले बताए । ‘प्रतिनिधिसभा असंवैधानिक तरिकाले विघटन भयो भनेर हाम्रो पार्टीको कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसकेको छ,’ उनले भने ।
परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड
अदालतमा आगो लगाएपछि चौतारातिर खुल्यो ‘जनअदालत’
सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व : कावा सभापति खड्का
मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वको शुभकामना
राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा मौलिक चाडपर्व तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : माधव नेपाल
काभ्रेमा तोडफोड-आगजनी घटनाको अनुसन्धान गर्दै प्रहरी
कमलपोखरीको छठ घाटमा प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर पूजा अर्चना गरेकी छन् । सोमबार अपराह्न प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीले कमलपोखरीमा स्वागत गरेका थिए । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।
छठ पूजाको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)
गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरू)
राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान
सुनसरीको हरिनगरमा दुई समूहबीच झडप, हिंसा रोक्न सेनासहितको संयुक्त गस्ती
मनाइयो मधेशको गाउँगाउँमा छठ (तस्बिरहरू)
किस्ट अस्पतालमा तनाव बढ्यो, प्रहरीद्वारा अश्रु ग्यास प्रहार
चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि ललितपुरस्थित किस्ट अस्पताल तनावग्रस्त भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार भएको छ ।

त्यहाँ शनिबार एकजना गर्भवतीको ज्यान गएको थियो। अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूले लगाएका छन् ।
अहिलेसम्म अस्पतालले संवादका लागि नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।
गर्भवतीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, तैनाथ गरियो प्रहरी (तस्बिरहरू)
किस्ट अस्पतालमा तोडफोड, मृतकका आफन्त र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)
सुधा शर्मालाई स्वास्थ्यमन्त्री नियुक्त गरिएकोमा नेपाल राष्ट्रिय चिकित्सक संघको आपत्ति
सङ्खुवासभामा सेना, सशस्त्र र प्रहरीको संयुक्त सुरक्षा गस्ती
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते
रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले हालै गरेको आणविक–सञ्चालित क्रुज मिसाइल परीक्षणलाई ‘उचित कदम होइन’ भनी टिप्पणी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपति पुटिनले अहिले युद्ध (युक्रेनमा) अन्त्य गर्नुपर्छ । यो युद्ध एक हप्ताभित्र सकिनुपर्ने थियो, तर अब चाँडै चौथो वर्षमा प्रवेश गर्न लागेको छ । मिसाइल परीक्षण गर्नुको सट्टा उहाँले शान्तिको बाटो रोज्नुपर्छ ।’

रुसी राष्ट्रपति पुटिनले आइतबार ‘ब्युरेभेस्टनिक’ नामक आणविक–सञ्चालित क्रुज मिसाइलको अन्तिम सफल परीक्षण सम्पन्न भएको घोषणा गरेका थिए । सो मिसाइलको दायरा ‘असीमित’ रहेको दाबी उनले गरेका थिए । राष्ट्रपति ट्रम्पले यसअघि ह्वाइट हाउसमा पुनः पदभार सम्हालेपछि युक्रेनमा भइरहेको युद्ध छिट्टै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तर, अमेरिकी राष्ट्रपतिको मध्यस्थता प्रयासका बावजुद मस्को र किएभबीचको वार्ता हाल पूर्णरूपमा रोकिएको छ । यसबीच, रुसी सेनाहरू विस्तारै तर स्थिर रूपमा युक्रेनमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका छन् ।
अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल
दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकोप्टर र लडाकु विमान दुर्घटना
चीनद्वारा ‘बहुध्रुवीय संसार’ को स्वागत













प्रतिक्रिया