डीपीको स्पष्टीकरण : रविलाई जेलबाट जबरजस्ती निकालेका थिएनौँ, सरकारकै मान्छेले फोन गरेर लैजानु भनेको प्रमाण छ « Khabarhub

डीपीको स्पष्टीकरण : रविलाई जेलबाट जबरजस्ती निकालेका थिएनौँ, सरकारकै मान्छेले फोन गरेर लैजानु भनेको प्रमाण छ


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले हाल जेल जीवन बिताइरहेका सभापति रवि लामिछानेलाई कारागार प्रशासनकै आग्रहमा नख्खुबाट निकालिएको दाबी गरेका छन् ।

भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे जवाफ दिँदै उनले रवि बलजफ्तीले नभई कारागार प्रशासनकै आग्रहअनुसार बाहिर आएको बताएका हुन् ।

उनले त्यसदिन रविलाई निकाल्न भन्दै कारागार प्रशासनले अर्का उपसभापति डा. स्वर्णिम वाग्लेलाई फोन गरेको जिकिर पनि गरेका छन् । अर्यालय सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थिए ।

‘तपाईं, डीपी अर्याल वा निकिता पौडेलमध्ये कोही आउनुपर्छ’, नख्खुबाट स्वर्णिमलाई आएको फोनबारे उनले भने । उनले उक्त प्रमाण पार्टीसँग सुरक्षित रहेको पनि जिकिर गरे ।

उनले रवि लामिछानेलाई नख्खु कारागारबाट जबरजस्ती ननिकालेको भन्दै आफ्नो बचाउ गरे । ‘भदौ २४ गतेको त्यस परिस्थितिमा सरकारकै उच्च तहले रविलाई जेलबाट बुझिदिन भनेर आग्रह गरेकाले हामी गएका हौँ’, उनले भने ।

नख्खुका जेलरले पनि आफूहरू नै असुरक्षित भएकाले रविलाई लैजान भनेको उनको जिकिर छ । ‘कारागार प्रशासनले पनि हामी आफैँ असुरक्षित भयौं, आएर रवि लामिछानेलाई सुरक्षितसाथ लैजान आग्रह गरेको थियो’, उनले भने, ‘त्यसको प्रमाण हामीले सुरक्षित राखेका छौँ ।

उनले पत्रकारहरूसँग उक्त प्रमाण मागेमा सरकारलाई उपलब्ध गराउने पनि जनाउ दिएका छन् । ‘सरकार र कारागार प्रशासनले हामीलाई गरेको आग्रहको प्रमाण देखाउन तयार छौँ’, उनले भने, ‘सरकारले छानबिन गर्न चाहेको बेलामा त्यो प्रमाण पार्टीले औपचारिक रुपमा दिने छ ।’

उनले २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा रविलाई छुटाउने उक्त निर्णयमा आफ्नो गल्ती भेटिएमा कारबाही सहन तयार रहेको पनि उनले बताएका छन् ।

त्यसबेला सभापति लामिछानेलाई लिन जाने टोलीमा उनी पनि थिए । अर्यालले पार्टीका सबै तहका नेता-कार्यकर्ताले कमजोरी गरेको भए छानबिन र कारबाही हुनुपर्ने बताए । उनले नख्खु घटनामा पार्टीको अनुशासन आयोगले पनि छानबिन गरिरहेको उल्लेख गरेका छन् ।

उनल गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई फरक फरक तरिकाले हेर्नुपर्ने बताए । भदौ २३ गते राज्यबाट भएको दमन र २४ गते आन्दोलनका नाममा भएको तोडफोड र विध्वंशको अलग अलग कोणमा छानबिन हुनुपर्ने तर्क उनले गरे ।

अर्यालले निर्वाचन आयोगको आह्वानपछि मतदाता परिचयपत्र बनाउन पार्टीले सबै जिल्लामा पार्टी कार्यकर्तालाई कात्तिक २५ गतेसम्म सक्रिय हुन भनेको पनि बताए ।

उनले रास्वपालाई मूलधारको पहिलो शक्ति बनाउन जेन-जी आन्दोलनका अगुवा, ऊर्जामन्त्री कुलमान घिसिङ लगायतसँग छलफल भइरहेको बताए। उनले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : ४३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।