पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित « Khabarhub

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको छ। तिहारपछिको लामो बिदाका कारण बागलुङमा पर्यटकको सङ्ख्या यसपटक उल्लेख्य वृद्धि भएको हो।

तिहारलगत्तै बागलुङमा पर्यटकको आगमनले होटलहरू भरिएका छन् भने व्यवसायी उत्साहित भएका छन्। अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ छन्।

तिहारयता बागलुङका होटलमा पर्यटकको चाप बढेर व्यवस्थापनमा चुनौती बढेको छ। कतिपय पर्यटकलाई होटलको हलमा राखिएको छ। कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ भएका हुन्।

विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको सङ्ख्या बढेको छ होटल दि राजन बागलुङका सञ्चालक एन्जील शाक्यले बताए। उनका अनुसार तिहारको भोलिदेखि होटलमा शतप्रतिशत बुकिङ छ। बढी भएका पर्यटक म्याग्दी र पर्वत पठाइएको उनले सुनाए।

दसैँअगाडि भएको जेनजी आन्दोलन र बाढीपहिरोको कारण होटलमा खासै बुकिङ नभएको अवस्था थियो। तर तिहारपछि भने पर्यटक बढेको शाक्यले जानकारी दिए। मुस्ताङ हिँडेका केही पर्यटकसमेत बागलुङमा थप समय बिताउन थालेका हुन्।

जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालिग्राम सङ्ग्रहालयलगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ। जिल्ला सदरमुकाम बागलुङ बजारमा दुई दर्जनभन्दा बढी सुविधायुक्त होटल छन्।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ९ : ४९ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका