इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता « Khabarhub

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जकार्ता – इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको डुङ्गा डुब्दा छ जना बेपत्ता हुनुका साथै आठ जनाको उद्धार गरिएको जनाइएको छ ।

‘केएम मिना मारिटिम–१४८’ डुङ्गा आइतबार प्रतिकुल मौसमको कारण तालिसायन, बेरौ रिजन्सीको पानीमा डुबेको बताइएको छ । सरकारी समाचार एजेन्सीले खोजी तथा उद्धार कार्यालय प्रमुख डोडी सेतियावानलाई उदृत गर्दै घटनाको पुष्टि गरेको छ ।

संयुक्त उद्धार टोलीले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजीकार्य जारी राखेको जनाएको छ । करीव १७ हजारभन्दा बढी टापुहरू भएको द्वीपसमूहको देश इन्डोनेसियामा डुङ्गा यातायातको प्रचलित माध्यम हो यद्दपी विभिन्न कारणले समुद्री दुर्घटनाहरू पटक–पटक दुर्घटना हुने गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ०१ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम