देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू) | Khabarhub Khabarhub

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर गएका छन्। सोमबार राति ११ः५ बजे सिंगापुर विमानमार्फत उनीहरु सिंगापुर उडेका हुन्।

गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा मरणासन्न हुने गरि आक्रमणमा परेका थिए। उनीहरुलाई त्यति बेला केही सुरक्षाकर्मी र केही जेनजी आन्दोलनकारीले नै जोगाएका थिए।

त्यहाँबाट जोगाएर देउवा दम्पतीले छाउनीस्थित नेपाली सेनाको अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारपछि देउवा परिवार अहिले काठमाडौँमा एक घर भाडामा लिएर बस्दै आएको छ। आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा १२ वटा टाँका लगाएको कांग्रेस नेताहरुले बताएका थिए।

यसबीचमा वर्तमान अन्तरिम सरकारले देउवा दम्पतीसहितको पासपोर्टसमेत रोक्का गर्दै काठमाडौँ बाहिर जान अनुमति लिनुपर्ने निर्णय गरेको थियो। तर देउवा उपचारका लागि जाने जानकारी गराएपछि देउवा दम्पतीको हकमा यो फुकुवा गरिएको छ। देउवा दम्पतीले विमानस्थलमा भिआइपी कक्ष प्रयोग गरेनन्।

तस्बिर :नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ५१ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै