विद्या भण्डारी भन्छिन्- एमाले महाधिवेशन निर्णायक मोड हो, प्रतिनिधि चयनमा सजगता अपनाऔं « Khabarhub

विद्या भण्डारी भन्छिन्- एमाले महाधिवेशन निर्णायक मोड हो, प्रतिनिधि चयनमा सजगता अपनाऔं


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन निर्णायक मोड भएकाले प्रतिनिधि चयनमा सजगता अपनाउनुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमार्फत् महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत पार्टी परिवारलाई सम्बोधन गर्दै महाधिवेशनलाई विद्यमान राजनीतिक परिस्थितिमा पार्टीलाई अगाडि बढाउने निर्णायक मोड भनेकी छन्।

भण्डारीले महाधिवेशनले नीतिगत र नेतृत्वगत दिशानिर्देश तय गर्ने भएकाले पार्टीभित्र मात्र होइन, आम नागरिकको चासोको विषय मानिनुपर्ने बताएकी छन् ।

उनले प्रतिनिधि चयनमा वैचारिक परिपक्वता, अनुशासन, युवा पुस्ताको ऊर्जा र क्षेत्रगत सन्तुलनलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।

उनले दुई वर्षअघि विधानअनुसार नवीकरण गरेको आफ्नो सदस्यता नेतृत्वले रोकिदिएको भन्दै आफू भौतिक रूपमा उपस्थित हुन नसक्ने स्पष्ट गरेकी छन्। तर आफू अझै पार्टी परिवारकै सदस्यको भूमिकामा रहने उनको भनाइ छ ।

देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको भरोसाको केन्द्रको रूपमा एमाले उभिएको उनले उल्लेख गर्दै महाधिवेशन पूर्ण सफल होस् भन्ने कामना गरेकी छन्। भण्डारी एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेकी थिइन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ४९ बजे

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार राईलाई

काठमाडौं – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय