विद्या भण्डारी भन्छिन्- एमाले महाधिवेशन निर्णायक मोड हो, प्रतिनिधि चयनमा सजगता अपनाऔं « Khabarhub

विद्या भण्डारी भन्छिन्- एमाले महाधिवेशन निर्णायक मोड हो, प्रतिनिधि चयनमा सजगता अपनाऔं


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन निर्णायक मोड भएकाले प्रतिनिधि चयनमा सजगता अपनाउनुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमार्फत् महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत पार्टी परिवारलाई सम्बोधन गर्दै महाधिवेशनलाई विद्यमान राजनीतिक परिस्थितिमा पार्टीलाई अगाडि बढाउने निर्णायक मोड भनेकी छन्।

भण्डारीले महाधिवेशनले नीतिगत र नेतृत्वगत दिशानिर्देश तय गर्ने भएकाले पार्टीभित्र मात्र होइन, आम नागरिकको चासोको विषय मानिनुपर्ने बताएकी छन् ।

उनले प्रतिनिधि चयनमा वैचारिक परिपक्वता, अनुशासन, युवा पुस्ताको ऊर्जा र क्षेत्रगत सन्तुलनलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।

उनले दुई वर्षअघि विधानअनुसार नवीकरण गरेको आफ्नो सदस्यता नेतृत्वले रोकिदिएको भन्दै आफू भौतिक रूपमा उपस्थित हुन नसक्ने स्पष्ट गरेकी छन्। तर आफू अझै पार्टी परिवारकै सदस्यको भूमिकामा रहने उनको भनाइ छ ।

देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको भरोसाको केन्द्रको रूपमा एमाले उभिएको उनले उल्लेख गर्दै महाधिवेशन पूर्ण सफल होस् भन्ने कामना गरेकी छन्। भण्डारी एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेकी थिइन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ४९ बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ