पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय « Khabarhub

पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कर्णाली– मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले उक्त योजना निर्माणसम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन आज नारायण बहुमुखी क्याम्पसमा दैलेखबाट सुरु गरेको हो ।

कार्यक्रममा पूर्वसांसद रविन्द्रराज शर्माले समाजको आवश्यकता र श्रमबजारको माग अनुरूप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना निर्माण गर्न सुझाए। 

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा विष्णुकुमार खड्काले विद्यार्थीलाई आकर्षण गराउने, गरिखान सीप सिकाउने, टिकाउने र बिकाउने गरी योजना निर्माण गरिने बताए । 

अन्तरक्रियामा नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापा, विश्वविद्यालय योजना परिषद्का सदस्य एवं ग्राजुयट स्कूल अफ इन्जिनियरका डीन सह–प्रा.डा राजन सुवाल, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष टेकबहादुर खाँड, खड्कबहादुर सिङ्जापती, तेजबहादुर चन्द, नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष अमरबहादुर सुनार, उक्त क्याम्पसका स्ववियु कोषाध्यक्ष सुष्मा शाहीलगायतले नियमित तथा प्रविधिमैत्री कक्षा सञ्चालन, व्यवहारिक एवं जीवनोपयोगी शिक्षाको आवश्यकता, क्याम्पसको विकास तथा विस्तारका लागि अवलम्बन गर्नुपर्ने उपायलाई ध्यानमा राखी योजना ल्याउन सुझाएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १२ : २६ बजे

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको