निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य « Khabarhub

निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले निवेदन लेखाउन पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ । 

कार्यालयमा प्रशासनकै कर्मचारीले निवेदन तयार पार्ने व्यवस्था मिलाउँदै सो समस्याको अन्त्य गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले आफैँ निवेदन लेख्न नसक्ने सेवाग्राहीको सहजताका लागि निवेदनको नमूना तयार पारेर कर्मचारीले भरिदिने ब्यवस्था मिलाइएको जानकारी दिए । 

‘निवेदन लेख्न सेवाग्राहीले समय र पैसा खर्चनु नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाएका हौँ,’ उनले भने, ‘नागरिकता, प्रमाणित, पेन्सनसम्बन्धी सेवाका लागि आवश्यक पर्ने विभिन्न निवेदनको व्यहोरा उल्लेख गरेर निवेदनको नमूना तयार पारेका छौँ ।’

त्यसैगरी म्याग्दी प्रशासनले युवा पुस्ताका सेवाग्राहीलाई लक्षित गरेर ‘जेन-जी सुझाव पेटिका’ राखेको छ । 

प्रशासन र अन्य कार्यालयको सेवाप्रवाहको विषयमा गुनासो संकलन तथा युवा पुस्ताबाट रचनात्मक र सिर्जनशील सुझावको अपेक्षासहित जेन-जी सुझाव पेटिका राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए। 
 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १२ : ३० बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न