औषधि ऐन संशोधनको विरोधमा व्यवसायी आन्दोलनमा « Khabarhub

औषधि ऐन संशोधनको विरोधमा व्यवसायी आन्दोलनमा


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका औषधि व्यवसायीले औषधि ऐन, २०३५ मा भएको संशोधनका केही प्रावधान व्यावहारिक नभएको भन्दै यसको खारेजीको मागसहित आन्दोलनमा उत्रिएका छन् । 

व्यवसायीहरूले संशोधनले उनीहरूको पेसागत सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने र अस्तित्वमै जोखिम उत्पन्न गर्ने भएकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । उनीहरूले सो प्रावधान खारेजीको मागसहित औषधि व्यवस्थापन विभाग विराटनगर कार्यालयमा आज धर्ना दिएका छन् ।

सङ्घले सरकारलाई दिएको म्याद पूरा हुँदासमेत आफ्ना माग सुनुवाइ नभएकाले चरणबद्ध सडक सङ्घर्ष र व्यवसाय बन्दसम्मका कार्यक्रम बुधबार सार्वजनिक गरेको थियो । राज्यले नीति नियमन गर्ने भन्दा पनि व्यवसायीलाई त्रसित बनाएर पलायन गराउने खालको भएको आरोप व्यवसायीको छ ।

संशोधित ऐनअनुसार औषधि पसलको दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना लागू हुने र ३१औँ दिनसम्म पनि नवीकरण नभएमा सो संस्था स्वतः खारेज हुने प्रावधान राखिएको छ । व्यवसायीले यो व्यवस्था व्यावहारिक नभएकाले व्यवसायमै कठिनाइ सिर्जना गर्ने गुनासो गरेका हुन् ।

नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले सरकारसँग आफूहरूले आवश्यक समय माग गर्दा कुनै प्रतिक्रिया नआएकाले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए । उनले मङ्सिर ११ गतेदेखि १६ मङ्सिरसम्म मौन धर्ना, कालो झन्डा, पसल बन्द, तथा विभागमा धर्ना जस्ता विरोध कार्यक्रम तय गरिएको बताए। 

काफ्लेले भने, ‘संशोधित दफा ११ का केही उपदफा संविधानको मर्म विपरीत छन् र व्यवसायीलाई अनावश्यक रूपमा त्रसित पार्ने गरी ल्याइएका छन् । यसले हाम्रो पेसागत सुरक्षामा गम्भीर प्रभाव पार्छ ।’

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  २ : ०९ बजे

जेलबाट छुटेपछि प्रधानमन्त्रीलाई भेट्दै रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीबीच

भ्रष्टाचार अन्त्य सुशासन कायममा जेन-जीले खबरदारी गर्नुलाई अन्यथा लिन हुँदैन : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचार अन्त्य गर्दै

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार