नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता « Khabarhub

नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच एकता भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकताको घोषणा गरिएको हो । 

नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेका एकताको आधार तथा प्रक्रिया सहमतिपत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ साथै दुई पार्टीबिच महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र चुनाव चिन्ह हँसिया रहने उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजावादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले दलहरूको असफलताका कारण जने-जी आन्दोलन भएको र सो आन्दोलनमा देशभित्र र बाहिरका अपराधीक मानसिकता भएकाको घुसैपठले हिंसात्मक बनाएको बताए ।

राजनीतिको चूलीमा बसेर आफ्नो स्वार्थ पुरा गर्ने केही नेताहरूको कारणले राजनीति डरलाग्दो सुरुङतर्फ अघि बढेको भन्दै उनले यसमा कम्युनिष्ट आन्दोलनकै नेताहरू छन् भन्ने कुराले ग्लानी र खेद रहेको उल्लेख गरे । उनले पार्टी थप्नका लागि नभइ नयाँ धारा निर्माण गर्न खोजिएको तर्क गरे । ठूला भनिएका पार्टीहरूका नेताहरू मूलभूत रुपमा दलाल पूँजीवादसंग बिकिसकेको उनले बताए ।

त्यस्तै नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नयाँ युवाहरूलाई पार्टीको नेतृत्व सुम्पिनका लागि आफू तयार भएकाले सन्तुष्टीपूर्वक नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानसँग एकताको निर्णय गरिएको बताए । देशलाई नयाँ बाटो दिने बौद्धिक बर्गलाई बाहिर रहेकाले उनीहरूलाई देशलाई फर्काएर मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने वातावरण निर्माण गर्नुपर्ने उनले बताए ।

जोशीले मजदुर आन्दोलनबाट कम्युनिष्ट विचारधारा स्थापित भएपछि अहिले नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो मूलमन्त्रबाट अलगजस्तो देखिएको धारणा राखे । दुई दलबीचको सहमतिपत्रमा सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने उल्लेख गरिएको छ । 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : १८ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल