नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता « Khabarhub

नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच एकता भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकताको घोषणा गरिएको हो । 

नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेका एकताको आधार तथा प्रक्रिया सहमतिपत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ साथै दुई पार्टीबिच महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र चुनाव चिन्ह हँसिया रहने उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजावादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले दलहरूको असफलताका कारण जने-जी आन्दोलन भएको र सो आन्दोलनमा देशभित्र र बाहिरका अपराधीक मानसिकता भएकाको घुसैपठले हिंसात्मक बनाएको बताए ।

राजनीतिको चूलीमा बसेर आफ्नो स्वार्थ पुरा गर्ने केही नेताहरूको कारणले राजनीति डरलाग्दो सुरुङतर्फ अघि बढेको भन्दै उनले यसमा कम्युनिष्ट आन्दोलनकै नेताहरू छन् भन्ने कुराले ग्लानी र खेद रहेको उल्लेख गरे । उनले पार्टी थप्नका लागि नभइ नयाँ धारा निर्माण गर्न खोजिएको तर्क गरे । ठूला भनिएका पार्टीहरूका नेताहरू मूलभूत रुपमा दलाल पूँजीवादसंग बिकिसकेको उनले बताए ।

त्यस्तै नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नयाँ युवाहरूलाई पार्टीको नेतृत्व सुम्पिनका लागि आफू तयार भएकाले सन्तुष्टीपूर्वक नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानसँग एकताको निर्णय गरिएको बताए । देशलाई नयाँ बाटो दिने बौद्धिक बर्गलाई बाहिर रहेकाले उनीहरूलाई देशलाई फर्काएर मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने वातावरण निर्माण गर्नुपर्ने उनले बताए ।

जोशीले मजदुर आन्दोलनबाट कम्युनिष्ट विचारधारा स्थापित भएपछि अहिले नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो मूलमन्त्रबाट अलगजस्तो देखिएको धारणा राखे । दुई दलबीचको सहमतिपत्रमा सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने उल्लेख गरिएको छ । 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : १८ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही