सप्तकोसी सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल « Khabarhub

सप्तकोसी सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटलल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले १०० (एक सय) रुपैयाँ दरका चुक्ता पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ । 

यस सम्बन्धमा बुधबार त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको थियो । 

सम्झौता पत्रमा सप्तकोसी सिमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरे ।

बैंकका अनुसार सप्तकोसी सिमेन्ट लिमिटेड उच्च स्तरीय सिमेन्ट उत्पादक कम्पनी हो जसको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पीपीसी ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ४ : ३५ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय