टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकार रिहा « Khabarhub

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकार रिहा


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार जना पत्रकारलाई रिहा गरेको छ । उनीहरुलाई गत मार्चमा इस्तानबुलमा सामूहिक प्रदर्शनको आरोपमा मुद्दा चलाइएको थियो ।  

राष्ट्रपति रेसेप तैयप एर्दोगनका शीर्ष प्रतिद्वन्द्वी इस्तानबुलका शक्तिशाली विपक्षी मेयर एक्रेम इमामोग्लुको गिरफ्तारीबाट भड्किएको विरोध प्रदर्शनमा चारजना फोटोग्राफरहरूलाई  पक्राउ गरिएको थियो ।

उनीहरूलाई हजारौँ प्रदर्शनकारीहरू जस्तै–प्रदर्शन र सार्वजनिक जमघटहरूमा कानुन उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।

‘प्रतिवादीहरूले कथित अपराध गरेको कुनै ठोस आधार नभएकाले न्यायाधीशले निर्दोष ठहर गरि रिहा गरिएको जनाइएको छ ।

अकगुल अन्तर्राष्ट्रिय मिडिया कर्मी हुनुहुन्छ भने अन्य तिन टर्कीको नाउ हेबरका अली ओनुर तोसन र फ्रीलान्सर बुलेन्ट किलिक र जेयनेप कुराय हुन् ।

एएफपीको व्यवस्थापनले अक्गुललाई रिहा गर्न बारम्बार आह्वान गरेको थियो भने उनका वकिल केमल कुमकुमोग्लुले अक्टोबर– २४ मा अन्तिम सुनुवाइमा अदालतमा कुनै आपराधिक गल्ती नभएको बताएका थिए ।

टर्कीको एक अदालतले बुधबार लोकप्रिय राजनीतिक पत्रकार र टिप्पणीकार फातेह अल्तायलीलाई एर्दोगनलाई धम्की दिएको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ । आरएसएफको विश्व प्रेस स्वतन्त्रता सुचिमा टर्की १८० देशहरू मध्ये १५९ औं स्थानमा रहेको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : ५० बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को