सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई आह्वान « Khabarhub

सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई आह्वान


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई आह्वान गरेका छन् । 

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निजी सञ्चार माध्यममा समेत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न आह्वान गरेका हुन् ।

कानुनमा नै औपचारिक क्षेत्र सामाजिक सुरक्षाको दायरामा आउनुपर्ने व्यवस्था रहेको उनले बताए । उनले सामाजिक सुरक्षाको दायरामा आउँदा सञ्चारमाध्यमलाई कुनै घाटा नहुने जिकिर गरे । 

त्यस्तै उनले सबै सरकारी सञ्चार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको जानकारी दिए । 

सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय समाचार समिति, गोरखापत्र, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा कार्यरत सबै सञ्चारकर्मी तथा कर्मचारीहरूमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुने गरी द्विपक्षीय सम्झौता भएको उनले बताए । 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ४० बजे

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन