निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह « Khabarhub

निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेकी छन् ।

सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक निर्माणमा सबैको सहयोग आवश्यक भएकाले निर्वाचनमा सहभागी हुन आग्रह गरे।

वर्तमान सरकारसँग विभिन्न पक्षका धेरै अपेक्षा भए पनि आफूहरु जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उनले बताए ।

सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ को निर्वाचन सहज ढङ्गले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरे। प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ९ : १५ बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल