यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह « Khabarhub

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५ दिनभित्र आफ्नो विवरण पेस गर्न आग्रह गरेको छ।

समस्यामा परेका विद्यार्थीहरूको विवरण संकलनका लागि आग्रह भएअनुसार कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको भन्दै त्यसमा १५ दिनभित्र विवरण पेस गर्न दूतावासले जनाएको छ।

नेपालका केही शैक्षिक परामर्श केन्द्रहरूले यूएईका ‘फ्रि जोन’हरूमा स्थापित तथा संचालित विभिन्न विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूमा नेपाली विद्यार्थीहरू पठाउने गरेको दूतावासको सूचनामा उल्ले छ।

ती शैक्षिक संस्थामध्ये कतिपय मापदण्डअनुरुप सञ्चालन नभएको, विभिन्न विदेशी विश्वविद्यालयसँग आबद्ध भएको भनिएकोमा त्यस्तो नपाइएको, कलेज तथा व्यावसायिक तालिम केन्द्रहरूको आफ्नै भवन नभएको, केही महिना मात्र भाडामा लिएको अपार्टमेन्टमा भौतिक कक्षा सञ्चालन गरी त्यसपछि अनलाइन कक्षा हुने गरेको, प्रतिबद्धताअनुरुप सेवा सुविधा उपलब्ध नगराएको लगायतका गुनासाहरू प्राप्त भैरहेका दूतावासले जनाएको छ।

‘यसरी पीडित भएको भनिएका विद्यार्थीहरूले हाल संयुक्त अरब इमिरेट्समा रहनुभएका वा कोर्स पूरा नगरी नेपाल फर्किएका, प्रतिबद्धताअनुसार यूएईमा रोजागरी नपाएका, कक्षा सञ्चालन नभएका र नेपालका शैक्षिक परामर्श केन्द्र र मापदण्डअनुरुप सञ्चालन नभएका भनिएका संयुक्त अरब इमिरेट्सका विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूको गलत सूचना तथा जानकारीका कारण समस्यामा परेका विद्यार्थीहरूको विवरण संकलनका लागि पोर्टल निर्माण गरिदिन अनुरोध प्राप्त भए बमोजिम परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको छ,’ दूतावासले भनेको छ।

त्यसरी पीडित भएका विद्यार्थीहरूले सूचनामा दिइएको लिङ्क वा क्यूआर कोडमा विवरण संकलन फारम भरी १५ दिनभित्र पेस गर्न दूतावासले आग्रह गरेको छ। त्यस्तो विवरण कार्यालयको प्रयोजनका लागि मात्र प्रयोग गरिने पनि जनाएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १० : ४४ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक