रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ? « Khabarhub

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

'सिंहदरबार जलाउनेहरु नै सिंहदरबार पुग्न खोज्नु सकारात्मक'


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने र बालेन्द्र साह (बालेन) मिल्न लागेको भन्दै चर्को टिप्पणी गरेका छन् ।

रवि लामिछाने र बालेन्द्र साह गठबन्धन गरेर निर्वाचनमा आउने चर्चा चलिरहेका बेला ज्ञवालीले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘विचार मिल्नेहरु एकै ठाउँ उभिनु राम्रो हो । (उसो त, विचार मिलेको हो कि स्वार्थ– समयले नै बताउला ।) त्यसमाथि, सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरु पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो ।’

विचार वा स्वार्थ जे मिले पनि अमुक व्यक्ति वा दलका कारण नेपाल नबनेको भन्ने भाष्य बनाउनु गलत भएको उल्लेख गरेका हुन् । ‘आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरु नमिलेर हो । जस्तो कि दक्षिण भारतीय चलचित्रमा देखिन्छ कुनै नायक रंगमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ । तुफान सृजना हुन्छ अनि सबै खाले खलनायक सोतर हुन्छन्’ ज्ञवालीले लेखेका छन् ।

देश कस्तो बनाउने ? कस्तो शासन प्रणाली अपनाउने ? कस्तो आर्थिक नीति लिने ? बहुलता र विविधताले भरिएको समाजका प्रबन्धहरु कस्ता हुने ? लगायतका प्रश्नमा कुनै विकल्प नदिइ केवल नकारात्मकता,निषेध र घृणा मात्र प्रचार गरिएको ज्ञवालीको भनाइ छ । यी सबै दृष्टान्त देख्दा ज्ञवालीले माओवादी हिंसात्मक द्वन्द्वका समयमा जनसरकार घोषणाका समाचार संकलन गर्न मिडियाले हेलिकप्टर चार्टर गरेको स्मरण गरेका छन्।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : ३७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा