‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय « Khabarhub

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता पात्रको भूमिका निभाएका छन्, जसले आज पनि दर्शकलाई प्रभावित बनाउँछ । विशेषगरी ‘बाजिगर’ र ‘डर’ जस्ता ९० को दशकका थ्रिलर फिल्ममा उनले खलनायकको भूमिका निभाएका थिए । शाहरुख खानले निभाएको खलनायक पात्रको पनि छुट्टै फ्यानबेस छ । उनको यस्ता भूमिकाबाट दक्षिण भारतीय सुपरस्टार थलापथी विजय पनि निकै प्रभावित छन् ।

भारतीय मिडिया हेडलाइन टुडेसँगको अन्तर्वार्तामा उनले आफूलाई खलनायकको भूमिका खेल्न कुनै असहज नहुने बताए । यद्यपि यस्ता पात्र सशक्त र प्रभावशाली हुनुपर्ने उनको धारणा छ । शाहरुख खानले ‘बाजिगर’ वा ‘डर’मा देखाएको दमदार पात्र भए मात्रै आफू खलनायकको भूमिकामा देखिने उनको भनाइ छ ।

सन् १९९३ मा अब्बास–मस्तानको निर्देशनमा बनेको ‘बाजिगर’ मा शाहरुख खानले पहिलो पटक एन्टी–हिरोको भूमिका निभाएका थिए । अजय शर्मा नामक पात्रमार्फत उनले बदला र पहिचान परिवर्तनको कथा प्रस्तुत गरेका थिए । यसबाट उनको करियरमा ठूलो मोड आएको थियो । यस फिल्ममा काजोल र शिल्पा शेट्टी मुख्य भूमिकामा थिए ।

त्यसै वर्ष यश चोपडाको निर्देशनमा बनेको ‘डर : ए भायोलेन्ट लभ स्टोरी’मा पनि शाहरुखले एक अन्धो प्रेमी एवम् स्टकरको भूमिका निभाएका थिए । मनोवैज्ञानिक थ्रिलरको रूपमा बनेको यो फिल्म बक्स अफिसमा अत्यन्त सफल भयो । फिल्ममा सन्नी देओल, जुही चावला र अनुपम खेरलगायत कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ३ : ४१ बजे

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २