दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीको उद्धार « Khabarhub

दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीको उद्धार


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ग्रीकका तटरक्षकहरुले शनिबार क्रेटबाट थप १३१ जना आप्रवासीहरूलाई उद्धार गरेको जनाइएको छ । यो सँगै यस क्षेत्रमा विगत पाँच दिनमा समुद्रबाट बाहिर निकालिएका मानिसहरूको सङ्ख्या ८४० पुगेको प्रहरी प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार उद्धार गरिएका आप्रवासीहरू क्रेटको दक्षिणमा रहेको सानो टापु ग्याभडोसबाट करिब १४ माइल दक्षिणमा माछा मार्ने डुङ्गामा सवार थिए ।

यात्रुहरूको राष्ट्रियता खुलासा गरिएको थिएन भने उद्धार पछि सबैलाई गावडोस लगिएको जनाइएको छ । लिबियाबाट क्रेट पुग्ने प्रयास गरिरहेका धेरै मानिसहरू जोखिमपूर्ण यात्रा गर्दा डुबानमा पर्ने गरेको जनाइएको छ । 

डिसेम्बरको सुरुमा, क्रेटको तटमा उनीहरूको डुङ्गा डुबेपछि अधिकाशं सुडानी वा इजिप्टेली सहित १७ जना–मृत फेला परेका थिए भने अन्य १५ जना बेपत्ता भएको रिपोर्ट गरिएको थियो । जसमा दुई जना मात्रै बाँच्न सफल भएको जनाइएको छ । 

संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तका अनुसार यस वर्षको सुरु देखि युरोप जान खोज्ने १६ हजार ७७० भन्दा बढी व्यक्तिहरू क्रेटमा आएका छन्, जुन अन्य ग्रिसेली टापुको तुलनामा बढी हो ।

गत जुलाईमा, सरकारले आप्रवासीहरूको बढ्दो प्रवाहलाई ध्यानमा राख्दै अत्यावश्यक“ भन्दै लिबियाबाट आएका मानिसहरूको शरण आवेदनहरूको प्रशोधन तीन महिनाका लागि निलम्बन गरेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ५५ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला