दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीको उद्धार « Khabarhub

दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीको उद्धार


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ग्रीकका तटरक्षकहरुले शनिबार क्रेटबाट थप १३१ जना आप्रवासीहरूलाई उद्धार गरेको जनाइएको छ । यो सँगै यस क्षेत्रमा विगत पाँच दिनमा समुद्रबाट बाहिर निकालिएका मानिसहरूको सङ्ख्या ८४० पुगेको प्रहरी प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार उद्धार गरिएका आप्रवासीहरू क्रेटको दक्षिणमा रहेको सानो टापु ग्याभडोसबाट करिब १४ माइल दक्षिणमा माछा मार्ने डुङ्गामा सवार थिए ।

यात्रुहरूको राष्ट्रियता खुलासा गरिएको थिएन भने उद्धार पछि सबैलाई गावडोस लगिएको जनाइएको छ । लिबियाबाट क्रेट पुग्ने प्रयास गरिरहेका धेरै मानिसहरू जोखिमपूर्ण यात्रा गर्दा डुबानमा पर्ने गरेको जनाइएको छ । 

डिसेम्बरको सुरुमा, क्रेटको तटमा उनीहरूको डुङ्गा डुबेपछि अधिकाशं सुडानी वा इजिप्टेली सहित १७ जना–मृत फेला परेका थिए भने अन्य १५ जना बेपत्ता भएको रिपोर्ट गरिएको थियो । जसमा दुई जना मात्रै बाँच्न सफल भएको जनाइएको छ । 

संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तका अनुसार यस वर्षको सुरु देखि युरोप जान खोज्ने १६ हजार ७७० भन्दा बढी व्यक्तिहरू क्रेटमा आएका छन्, जुन अन्य ग्रिसेली टापुको तुलनामा बढी हो ।

गत जुलाईमा, सरकारले आप्रवासीहरूको बढ्दो प्रवाहलाई ध्यानमा राख्दै अत्यावश्यक“ भन्दै लिबियाबाट आएका मानिसहरूको शरण आवेदनहरूको प्रशोधन तीन महिनाका लागि निलम्बन गरेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ५५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन