नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा « Khabarhub

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा निर्वाचित भएका छन् । आठौँ वार्षिक साधारणसभाबाट थापको नेतृत्वमा १० सदस्यीय पदाधिकारी चयन गरिएको हो । 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. नृपेश राजभण्डारी, महासचिवमा डा दिनेश कोइराला, सचिवमा डा. जस्मिन बज्राचार्य, कोषाध्यक्षमा डा. बालमुकुन्द बस्नेत र सहकोषाध्यक्षमा डा. शिरिष सिलवाल चयन भएका छन् । यसैगरी, सदस्यहरुमा डा. हीरामणि पाठक, डा. निशान्त सिंह, डा. अनु महर्जन र डा. सुलोचना दाहाल चयन भए ।

सन् २०१५ मा स्थापना भएको यस संस्था हाल विभिन्न विधाका ३५ जना बाल चिकित्सकको आबद्धता छ । नवनियुक्त अध्यक्ष डा. थापाले नेपालमा बाल शल्य चिकित्सकको सङ्ख्या न्यून रहेको र उपलब्ध जनशक्तिले पनि जागिर पाउन नसकेको बताए। 

उनले भने, ‘विशेषज्ञ कम हुँदा बाल शल्यक्रियामा अपेक्षाअनुसारको उपलब्धि हुन सकेको छैन । विशेषज्ञ उत्पादन गर्न सरकारले प्राथमिकतामा राख्नुपर्छ । सबै प्रदेशमा बाल शल्य चिकित्सक पुर्‍याउनुपर्छ ।’
 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ६ : १६ बजे

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा