नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा « Khabarhub

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा निर्वाचित भएका छन् । आठौँ वार्षिक साधारणसभाबाट थापको नेतृत्वमा १० सदस्यीय पदाधिकारी चयन गरिएको हो । 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. नृपेश राजभण्डारी, महासचिवमा डा दिनेश कोइराला, सचिवमा डा. जस्मिन बज्राचार्य, कोषाध्यक्षमा डा. बालमुकुन्द बस्नेत र सहकोषाध्यक्षमा डा. शिरिष सिलवाल चयन भएका छन् । यसैगरी, सदस्यहरुमा डा. हीरामणि पाठक, डा. निशान्त सिंह, डा. अनु महर्जन र डा. सुलोचना दाहाल चयन भए ।

सन् २०१५ मा स्थापना भएको यस संस्था हाल विभिन्न विधाका ३५ जना बाल चिकित्सकको आबद्धता छ । नवनियुक्त अध्यक्ष डा. थापाले नेपालमा बाल शल्य चिकित्सकको सङ्ख्या न्यून रहेको र उपलब्ध जनशक्तिले पनि जागिर पाउन नसकेको बताए। 

उनले भने, ‘विशेषज्ञ कम हुँदा बाल शल्यक्रियामा अपेक्षाअनुसारको उपलब्धि हुन सकेको छैन । विशेषज्ञ उत्पादन गर्न सरकारले प्राथमिकतामा राख्नुपर्छ । सबै प्रदेशमा बाल शल्य चिकित्सक पुर्‍याउनुपर्छ ।’
 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ६ : १६ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व