युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट « Khabarhub

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी दिइरहेको समय शनिबार किएभमा धेरै शक्तिशाली विस्फोटहरू भएका छन्।

किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा भनेका छन् ‘राजधानीमा विस्फोट भएको छ यसबारे थप विवरणका लागि एयर डिफेन्स फोर्सले काम गरिरहेका छन् । तोकिएको सुरक्षित स्थानमा रहनुहोला ।’

युक्रेनको वायु सेनाले पनि शनिबार बिहानै देशव्यापी हवाई आक्रमण हुने भन्दै नागरिकहरूलाई अतिआवश्यक काममा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको थियो । 

सेनाले सामाजिक सञ्जालमार्फत् ड्रोन र मिसाइलहरू राजधानीसहित धेरै युक्रेनी क्षेत्रहरूमा आइरहेको बताएको थियो । किएभमा रहेका एएफपी संवाददाताहरूले धेरै ठूलो ठूलो विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् । 

विस्फोटका करिब तीन घण्टापछि किएभको क्षेत्रीय सैन्य प्रशासनले ड्रोनको आगमनका कारण हवाई सुरक्षा व्यवस्था सक्रिय भएको बताएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने क्रममा सन् २०२२ देखि दशौँ हजारको ज्यान लिइसकेको लडाइँ अन्त्य गर्ने प्रस्तावित योजनाबारे छलफल गने कार्यक्रम तय भएको छ। 
 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ६ : ४४ बजे

निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध

काठमाठौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न

यी हुन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्ग्याएको छ।  मंगलबार काठमाडौंका दस

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा

एमाले रुकुम पूर्वका पूर्व अध्यक्ष सहितका जिल्ला नेताहरू नेकपामा गरे प्रवेश

काठमाडौं– नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं