एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन « Khabarhub

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई आफ्ना स्थायी कर्मचारीसम्बन्धी अभिलेख अद्यावधिक गर्न समयसीमा तोकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रमुख सचिवस्तरको निर्णयका आधारमा स्थानीय तहलाई पद र सिटरोल दर्ता तथा कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गरी आवश्यक कागजातसहित प्रदेश किताबखानामा बुझाउन निर्देशन दिएको हो ।

कार्यालयका उपसचिव रोहितकुमार कोइरालाले हालसम्म प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको भौतिक अभिलेख प्रदेश किताबखानामा प्राप्त नभएकाले अभिलेख व्यवस्थापनमा कठिनाइ भइरहेकाले यस्तो निर्देशन दिइएको बताए । 

स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ अनुसार सङ्गठन संरचना, पद दर्ता र कर्मचारी अभिलेख राख्ने जिम्मेवारी प्रदेश किताबखानाको भए पनि आवश्यक विवरण नपुगेका कारण काम प्रभावित भएको बताइएको उनले बताए ।  

कार्यालयले सबै स्थानीय तहलाई स्वीकृत सङ्गठन संरचना तथा दरबन्दी विवरणसहित हाल कार्यरत स्थायी कर्मचारी (साविक सङ्घ, स्थानीय सेवा तथा अन्य सेवासमेत)का छुट्टाछुट्टै व्यक्तिगत फाइल तयार गरी एक महिनाभित्र बुझाउन निर्देशन दिएको हो । 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ६ : ५२ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन