चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम « Khabarhub

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदै गरेको अवसरमा शनिबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

याक एण्ड यती होटलमा भएको कार्यक्रममा दुई देशबीच सात दशकयताका सुमधुर सम्बन्धका महत्वपूर्ण क्षण स्मरण गरिएको छ।

वि.सं. २०१२ साउन १९ गते (सन् १९५५ अगस्ट ३) तारिखमा दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । यही कूटनीतिक सम्बन्धले सात दशक पार गर्न लाग्दा चिनियाँ दूतावासले विशेष समारोह आयोजना गरेको हो।

तत्कालीन राजदूत छन सोङ कार्यकाल सकेर फिर्ता भएसँगै जिम्मेवारी सम्हाल्न आएका कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) चौ पानको निमन्त्रणामा यो कार्यक्रम भएको हो ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, संघीय सरकारका मन्त्रीहरू, संवैधानिक अङ्गका पदाधिकारी र उच्च सरकारी अधिकारी सहभागी छन्।

त्यसैगरी कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा प्रमुख, नागरिक समाजका सदस्य, संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र नेपालमा कार्यरत चिनियाँ नागरिकहरू पनि सहभागी थिए ।

दुई देशको सम्बन्ध ७० वर्ष पूरा भएको अवसरमा नेपाल-चाइना मिडिया फोरमले साढे तीन सय पृष्ठको पुस्तक प्रकाशन गरेको छ ।

यस पुस्तकमा नेपाल–चीन सम्बन्धका विविध आयामबारे चर्चा गरिएको छ । अहिले काठमाडौंमा चिनियाँ दूतावासको सहयोगमा नेपाली पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई चिनियाँ भाषा तालिम पनि चलिरहेको छ।

हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले ‘विश्व अमूर्त सांस्कृतिक धरोहर’ प्रदर्शनी र सिजाङ सांस्कृतिक सप्ताह भइसकेको छ।

दुई देशको सम्बन्धले ७० वर्ष छोएको अवसरमा पूरै वर्षभर सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि र कूटनीतिक स्वागत समारोह कार्यक्रम भइरहेका छन्।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : २४ बजे

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २