‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’ « Khabarhub

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्ने बताएका छन् ।

मैथिली एशोसिएसन नेपालद्वारा आज विराटनगरमा आयोजित दुई दिने ‘अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५’को उद्घाटन गर्दै उनले सबैको सहअस्थितित्वको भावना राख्ने भएकैले मैथिली सभ्यता बलियो रहेको बताए । 

समाजको विकाससँगै भाषा, साहित्य र संस्कृतिको पनि विकास हुने चर्चा गर्दै प्रदेश प्रमुख डा. लाभले समाजमा समृद्धि ल्याउन सभ्यता र संस्कृतिको विकासमा जोड दिनुपर्ने धारणा राखे। उनले मुलुकमा राजनीतिक स्थिरता कायम गराउन मैथिली समाजले पनि भूमिका निर्वाह गर्नुपर्ने भन्दै स्वदेशमा रोजगारी सिर्जना भएमा युवा विदेश पलायन हुने समस्या अन्त्य हुने बताए। 

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले प्राकृतिक रूपमा धनि देश नेपालमा पर्यटक भित्र्याउन गरी काम गर्नुपर्नेमा जोड दिए । उनले देशमा रहेका महत्त्वपूर्ण धार्मिकस्थलको प्रचार र विकास गर्दै  भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आह्वान गर्नुपर्ने बताए। 

राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समयको आवश्यकतालाई महसुस गरी आउने निर्वाचनमा मैथिली भाषालाई पनि एक मुद्दाको रूपमा अघि सार्नुपर्ने विचार व्यक्त गरे। उनले मैथिली भाषा, संस्कृति र सम्भताको संरक्षणमा जोड दिँदै पछिल्लो समय मैथिली भाषीको सङ्ख्या कम हुँदै गइरहेकाले यसमा पनि सोधखोज हुनुपर्नेमा जोड दिए ।

संविधानसभा सदस्य एवं युवा नेता जीतेन्द्र देवले मिथिला पहिचान, संस्कृति, इतिहास र सभ्यतालाई मर्न नदिन सबै लाग्नुपर्ने बताए । मैथिली सेवा समितिका अध्यक्ष डा. एसएन झाको अध्यक्षतामा भएको कार्यक्रममा मैथिली एसोसिएसन नेपालका उपाध्यक्षद्वय पंकज बर्मा र आवा अनुपमा, मैथिली साहित्यकार रामभरोस कापरी, युवा नेता उमेश यादवलगायतले आफ्नो धारणा राखेका थिए ।
 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : ४८ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि