निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत « Khabarhub

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा उहाँले फागुन २१ गते हुने निर्वाचनलाई पार्टीले आत्मसात गरेको भन्दै सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । “जेनजी आन्दोलनपछि मुलुक जटिल परिस्थितिमा छ, यस्तो अवस्थामा निकासका बाटो भनेकै निर्वाचन हो । हाम्रो पार्टीले औपचारिक निर्णय गरेर निर्वाचनमा जाने भनेको छ, अब सरकारले अलमल नगरी चुनावको वातावरण बनाउनुपर्छ”, नेता बस्नेतले भने ।

उनले नेपालको संविधानले शिक्षा र स्वास्थलाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले त्यसको निःशुल्क व्यवस्था गरिनुपर्नेमा जोड दिए । आफूले स्थानीय जनताको आवश्यकताका आधारमा सधैँ विकासको राजनीति गरिरहेको र आगामी दिनमा पनि त्यसमा क्रियाशील रहने प्रतिबद्धता जनाए ।

पार्टीका जिल्ला सचिव भक्तध्वज बोहराले फागुन २१ गतेको लागि घोषणा भएको निर्वाचनका लागि यहाँ आयोजना गरेको सभा देशभरकै पहिलो रहेको बताए । उनले निर्वाचनमा हार र जितभन्दा पनि जनताप्रतिको विश्वासलाई पार्टीले पहिलो प्राथमिकतामा राखेको बताए ।

महासमिति सदस्य डा प्रेमध्वज लामा र भोला बोहरा, नेता यास्मिन ढुङ्गाना, जिल्ला उपसभापति दोर्जे लामा, पूर्वजिल्ला सभापति भूपेन्द्रबहादुर थापा, सिन्धुपाल्चोक क्षेत्र नं २ का सचिव विष्णु घोरासैनी, मेलम्ची नगर सभापति बसन्त गुरुङ, बलेफी गाउँपलिकाका पूर्वअध्यक्ष केदार क्षेत्री, नेपाल महिला सङ्घका केन्द्रीय सदस्य मञ्जु नेपाल भण्डारी, क्षेत्र नं १ का सचिव सञ्चवीर तामाङलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ८ : ४६ बजे

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने