इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने « Khabarhub

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने र त्यसको एक दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडामा भेटवार्ता गर्ने इजरायली अधिकारीले एएफपीलाई बताएका छन्।

ट्रम्पलाई भेट्ने गरी प्रधानमन्त्री नेतन्याहूको यो पाँचौ पटक अमेरिका भ्रमण हो । यस पहिले ट्रम्प प्रशासन र क्षेत्रीय मध्यस्थकर्ताहरूले गाजा पट्टीमा इजरायल र हमासबीच युद्धविरामको दोस्रो चरणमा अगाडि बढ्न दबाब दिइरहेका बेला उहाँको भ्रमण भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बरको मध्यतिर पत्रकारहरुसँग कुरा गर्दै नेतन्याहु क्रिसमसको बिदामा फ्लोरिडा जाने सम्भावना रहेको बताएका थिए ।

“उहाँ मलाई भेट्न चाहनुहुन्छ । हामीले यसलाई औपचारिक रूपमा सेट गरेका छैनौँ, तर उहाँ मलाई भेट्न चाहनुहुन्छ,” ट्रम्पले आफ्नो मार–ए–लागो रिसोर्टमा जानुअघि भने ।

इजरायलको येदिओथ अहरोनोथ पत्रिकाले बुधबार रिपोर्ट गरेअनुसार इरान, इजरायल–सिरिया सुरक्षा सम्झौतामा वार्ता, लेबनानमा हेजबुल्लाहसँग युद्धविराम र गाजा सम्झौताको अर्को चरणसहित क्षेत्रीय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।

वाशिङ्गटन र उसका क्षेत्रीय सहयोगीहरूको मध्यस्थतामा अक्टोबरमा भएको गाजा युद्धविराम सम्झौताको दोस्रो चरणमा जाने प्रगति अहिलेसम्म सुस्त छ। युद्धविराम पनि निकै कमजोर देखिएको छ । दुबै पक्षले सम्झौता उल्लङ्घनको आरोप लगाएका छन् र मध्यस्थकर्ताहरूले इजरायल र हमास समान रूपमा रोकिएका भनेर डराइरहेका छन् ।

दोस्रो चरणअन्तर्गत, इजरायलले गाजामा आफ्नो नियन्त्रणबाट पछि हट्नुपर्छ र हमासको सट्टा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तरराष्ट्रिय स्थिरीकरण बल (आईएसएफ) तैनाथ गरिनेछ र यसले अन्तरिम प्रशासनलाई सम्हाल्नेछ ।

यसमा प्यालेस्टिनी इस्लामिक आन्दोलन हमासलाई हतियार बिसाउन लगाउन सकिने प्रावधान पनि समावेश छ । शुक्रबार अमेरिकी अनलाइन पत्रिका एक्सियोसले ट्रम्प र नेतान्याहूबीचको बैठक सम्झौताको अर्को चरणलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भएको बताएको थियो ।

ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै एक्सियोसले ट्रम्प प्रशासनले गाजा र आईएसएफलाई हेर्ने प्यालेस्टिनी प्राविधिक विज्ञको सरकारको घोषणा गर्न चाहेको बताएका छन् । नेतन्याहूले कमजोर युद्धविरामलाई थप कमजोर पार्न र शान्ति प्रक्रियालाई रोक्न कदम चालेपछि ट्रम्पका वरिष्ठ अधिकारीहरू निराश भएका बताइएको छ ।

येदिओथ अहरोनोथले भने, “इरानले आफ्नो परमाणु कार्यक्रम पुनर्निर्माण गर्ने सम्भावना र ब्यालिस्टिक मिसाइल क्षमताहरू नेतान्याहूको लागि सत्तामा रहिरहन अर्को शीर्ष बिषय हुनसक्छ ।”

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : २४ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी