जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ « Khabarhub

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार नवाजपुर गाउँपालिका–३ जगतपुरस्थित आँप बगैँचाका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले एक युवतीलाई जबर्जस्ती करणी गरी फरार भएका थिए ।

सूचना अधिकारी पालले घटनापछि मानसिक तनावका कारण पीडितले चार महिनापछि गत वैशाख २ गते आफ्नै घर सल्काई आत्महत्या गरेकी जानकारी दिए । उनका अनुसार घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले फरार प्रतिवादीको खोजतलास तीव्र बनाएको थियो ।

खोजतलासका क्रममा फरार प्रतिवादी भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा यही पुस ९ गते इलाका प्रहरी कार्यालय महेशपुरपाटार सिरहाबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा नजिक नवाजपुर गाउँपालिका–३ झाँपडिबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेशपुरपाटारमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : ५० बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी